Latest news | Nepali short news | Help-Mission

१४ असार, काठमाडौं । वेष्टहृयामका मिडफिल्डर डेक्सन राइसलाई १०५ मिलियन पाउण्डमा अनुबन्ध गर्न आर्सनल सहमत भएका छन् ।

लिग च्याम्पियन च्यानचेष्टर सिटीले पनि २४ वर्षीय राइसलाई ९० मिलियन पाउण्ड अनुबन्ध गर्न चाहेको थियो । वेष्टहृयामले त्यसलाई स्वीकार गरेन, सिटी मंगलबार प्रतिस्पर्धाबाट बाहिरियो ।

२०१४ मा वेष्टहृयामको एकेडेमीमा आवद्ध भएका राइसले यो सिजन क्लबलाई ४३ वर्षपछि महत्वपूर्ण (युरोपा कनफ्रेन्स लिगको) उपाधि जिताएका थिए ।

२०१६/१७ को सिजनमा डेब्यू गरेका उनले क्लबका लागि खेलेको २४५ खेलमा १५गोल गरेका छन् ।

उनको सम्झौता २०२४ सम्म थियो । अब आर्सनल उनका लागि प्रारम्भमा १०० मिलियन तथा थप ५ मिलियन पाउण्ड दिन सहमत भएको बीबीसीले जनाएको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post