काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो।
विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए ।
ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाइ छ। साथै कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उनले बताए।
अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरुले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउने विश्वास कँडेलको छ । गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको कँडेलको भनाइ छ ।
कार्यक्रममा फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सञ्जिव सुब्बाले विद्यार्थीहरूका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए ।
कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने पुष्टि यस ल्याबको स्थापनाले गरेको बताए ।
from Help-Mission Jhapa Nepal