Latest news | Nepali short news | Help-Mission

११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।

सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post