काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालि बीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे र वन्डर्स नेपालका कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार बैंकले वन्डर्स नेपालको परिसरमा एटीएम, क्यूआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ ।
बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिले सञ्चालन गरेको काठमाडौंको कमलादीस्थित स्काइ वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकले प्रदान गर्ने बैंकिङ सेवाको सुविधा समेत लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
from Help-Mission Jhapa Nepal