Latest news | Nepali short news | Help-Mission

२१ असार, जनकपुरधाम । धनुषा प्रहरीले एक वर्षको अवधिमा चोरी तथा हराएको २५६ वटा मोबाइल फेला पारेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा हालसम्म चोरी तथा हराएको २५६ वटा मोबाइल फेला पारेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार हराएको वा चोरीभएपछि प्रत्यक्ष तथा अनलाइनबाट जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदनको आधारमा उक्त मोबाइलहरु खोजतलास तथा फेला पारिएको हो । त्यस क्रममा मोबाइल चोरी गर्ने ५० जनालाई पक्राउ गरी कारबाही समेत गरिएको छ ।

मोबाइल चोरी भएपश्चात चोरी गरेको भनेर उजुरी नदिँदा शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएर कारबाही गरिएको डिएसपी गौतमले बताए ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post