काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन दिएकी हुन् । उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् ।
आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

from Help-Mission Jhapa Nepal