३० मंसिर, काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।
टेकुमा रहेको सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
प्राधिकरणका लागि आज स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
यसका साथै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा पनि विद्युत आपूर्ति हुनेछैन ।
from Help-Mission Jhapa Nepal