Latest news | Nepali short news | Help-Mission

२९ मंसिर, काठमाडौं । लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।

मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको छ । डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्लयाण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’गोल क्रममा लगाएको जर्सी गत वर्ष ७.१ मिलियन पाउण्डमा बिक्री भएको थियो ।

कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

मेसीले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले खेलेको सबै ७ खेल खेलेका थिए । तर मेसीले समूह चरणको तीन मध्ये दुई खेलमा लगाएको जर्सी मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।

मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post