Latest news | Nepali short news | Help-Mission

११ भदौ, पाल्पा । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ ।

यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलकोसमेत उपस्थिति हुने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ ।

कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।

तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जात्राको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउने योजना रहेको बताएका छन् ।

प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन् ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post