Latest news | Nepali short news | Help-Mission

१४ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुको उपचार गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रो मरेको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post