७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ ।
प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर र दुवै देशका परराष्ट्र सचिवहरु पनि सहभागी थिए ।
भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले अनलाइनखबरसँग कुरा गर्दै दुवै देशका प्रधानमन्त्रीबीच सौहार्दपूर्ण वातावरणमा भेटवार्ता राम्रो भएको बताए ।
प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।
from Help-Mission Jhapa Nepal