Latest news | Nepali short news | Help-Mission

२२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/८०८० मा कक्षाा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो ।

त्यस्तै, महानगरले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्न शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशित गर्ने गर्नेको भन्दै यसवर्ष त्यसलाई सच्याउन भनेको छ ।

महानगरले देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरूले आवेदन दिन सक्नेगरी एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

विद्यार्थी भर्नासम्बन्धी महानगरको सूचना-

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना-



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post