२२ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
पहिलो चरणमा थापाले एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री बनेका हुन् ।
माओवादी केन्द्र भने मन्त्री छनोटका लागि छलफलमा छ ।
from Help-Mission Jhapa Nepal