Latest news | Nepali short news | Help-Mission

२४ असार, धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।

दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post