Latest news | Nepali short news | Help-Mission

२१ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु छन् ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post