Latest news | Nepali short news | Help-Mission

२१ असार, जानकी (बाँके) । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post